Landslides in the Nepal earthquake: preliminary guidelines for relief and response activities from 28 April in Nepali – नेपालमा भूकम्प र भूकम्पजनित पहिरो : राहत र प्रतिकार्य गतिविधिका लागि तयार गरिएको प्रारम्भिक निर्देशिका
सीमारहित भूकम्प परियोजना – Earthquake Without Frontiers – 28 April 2015
With thanks to Gopi K. Basyal, NSET-Nepal for translating this post.
गत अप्रिल २५, २०१५ मा गएको भूकम्पले गर्दा ठॉउ ठॉउमा पहिरोका घटना र त्यसको असरहरु प्रष्ट रुपमा देख्न सकिन्छ । भूकम्पजनित पहिरोको फैलावट र असर देखिएपनि प्रभावित समुदायका लागि राहत र प्रतिकार्यका क्रियाकलापहरु पहिलेदेखि नै शुरु भैसकेको छ र केही दिन सम्म रहिरहने छ । यसै सन्दर्भमा राहत र प्रतिकार्यमा तल्लीन आपतकालीन योजनाकार लगायत अन्य संघ–संस्थाहरुलाई सहयोग पु¥याउने उद्धेश्यले यो निर्देशिका तयार गरिएको छ । उपलब्ध भू–उपग्रहका नक्साहरु, पहिरोका लागि प्रक्षेपित विभिन्न मोडेलहरु, र सन २००५ मा पकिस्तानमा गएको कश्मीरको भूकम्प साथै सन २००८ मा चीनमा गएको वेनचुनको भूकम्पवाट प्राप्त अनुभवको आधारमा यो निर्देशिका तयार गरिएको छ ।
सामान्य प्रारुप: समग्र भूकम्प प्रभावित क्षेत्रमा हुनसक्ने पहिरोको संवेदनशीलतालाई मध्यनजर गरी पहिरो संवेदनशीलता नक्सा र यससँग सम्वन्धित व्याख्याहरु तलको वेवसाइटमा हेर्न सकिन्छ ।
http://ewf.nerc.ac.uk/2015/04/25/nepal-earthquake-likely-areas-of-landsliding/ / http://blogs.agu.org/landslideblog/2015/04/26/nepal-earthquake-2/
वेवसाइटमा राखिएका मोडेलहरु बृहत रुपमा सामान्यीकृत गरिएका छन,त्यसकारण यसै नक्साको आधारमा स्थान बिशेष घटन सक्ने स–साना पहिरोको घटनाहरुलाई ऑकलन गर्न सकिदैन । तरपनि यो नक्साले नेपालको कुन–कुन क्षेत्रमा पहिरो जान सक्छ भनेर विचारहरु प्रदान गर्दछ ।
मुख्य मुख्य परिणामहरु:
- उत्तरी खण्डको उच्च हिमाली क्षेत्रमा अवस्थित उपत्यका जसको आधारभूत उचाई ८०० मि. भन्दा बढी छ, त्यस क्षेत्रमा धेरै पहिरोका घटनाहरु हुनसक्ने अनुमान गर्न सकिन्छ । भिरालो जमिन, सॉगुरो तथा लामो उपत्यकाका कारण यो क्षेत्रमा भूकम्पजनित पहिरो बढी मात्रामा घटन सक्छ, यसले गर्दा ठुलो पहिरोले उपत्यकाको आवगमनमा अवरोध ल्याउन सक्छ (“पहिरोका लागि बॉध” भन्ने खण्डमा तल हेर्नुहोस)। मूख्यतया ः कालीगण्डी उपत्यका, मस्र्याङदी, त्रिशुली, सुनकोशी र साना तिना खोलानालाहरु अति जोखिममा रहेका छन । त्यस बाहेक उपत्यकाको आवगमनमा ल्याउन सक्ने अवरोधहरु जहीकतै ऑकलन गर्न सकिन्छ । साथै ती क्षेत्रहरुमा बाटोघाटोको लागि पनि सॉगुरो ठॉउ भएकोले अन्य क्षेत्र स‘गको सम्वन्ध केही दिन वा हप्ता दिन सम्म टुटन सक्छ । पकिस्तानको कश्मीर र चीनको वेनचुन भूकम्पको अनुभवलाई हेर्दा त्यस क्षेत्रमा अवस्थित केही बस्तीहरुमा मानवीय धनजनको अत्याधिक क्षति र बस्तीहरु पूर्णरुपमा विनाश वा ध्वस्त भएका थिए ।
- काठमाडौं उपत्यको दक्षिणी भाग जस्तै शिवालिक क्षेत्र, महाभारत क्षेत्र, चुरे क्षेत्रमा पनि पहिरोका सम्भावना उच्च देखिन्छ । यस क्षेत्रको धरातलीय उचाई समुन्द्र सतहदेखि १००० मि. सम्म रहेको साथै यसै क्षेत्रमा चौडा चौडा उपत्यकाहरु प्नि रहेको छन, त्यसकारण ती उपत्यकाहरु प्नि केही मात्रामा अवरोध हुन सक्न देखिन्छ । प्रारम्भिक प्रतिवेदनलाई हेर्दा त्यस क्षेत्रमा दक्षिणी हिमालय भएर नेपालको दक्षिणी भू–भाग जोडने सडक यातायात अहिले नियमित रुपमा सूचारु भैरहेका छन । तर पहिरो र अन्य भग्नावशेषले गर्दा सहजरुपमा हुने आवतजावतमा अवरोध ल्याउन सक्छ ।
- विगतका भूकम्पहरुलाई हेर्दा यस क्षेत्रमा साना–साना पहिरोहरु (१००० क्यूविक सम्म भोलुम भएको) अत्याधिक मात्रामा र उपत्यकालाई पूर्ण रुपमा अवरोध गर्न सक्ने (१ मिलियन भन्दा बढी भोलुम भएको) पहिरोका घटनाहरु हुन सक्ने देखिन्छ । यस अवस्थामा सर्वप्रथम ठुला–ठुला पहिरोको घटनाहरु र त्यसले निम्त्याउन सक्ने अन्य सहायक जोखिमहरु जस्तै नदीको बॉध भत्किएर हुन सक्ने समस्यालाई पहिचान गर्न पहल गर्नु पर्छ । (“पहिरोका लागि बॉध” भन्ने खण्डमा तल हेर्नुहोस)
राष्ट्रिय स्तरका विभिन्न साझेदार निकायहरुले पहल गरेका खण्डमा यी मोडेलहरुलाई पुनः परिष्कृत पनि गर्न सकिन्छ अथवा कुनै स्थान बिशेषको लागि भनेर नया मोडेलको पनि विकास गर्न सकिन्छ । तर पनि यी मोडेलहरुको आधारमा कुनै स्थान विशेष घटन सक्ने पहिरोको ऑकलन गर्न सकिदैन । प्रारम्भिक भू–उपग्रह नक्साङकनले मोडेलले प्रस्तुत गरेको पहिरो भन्दा केही कम पहिरोहरु हुन सक्ने देखाउछ । तर यो दिनसम्मको भू–उपग्रह नक्सामा केही विविधता छ । यी नक्साहरुमा केही अस्पष्टता, बादलका धब्बाहरु देखिने र केवल एउटा मात्र पहाडी श्रृंखला देखिन्छ । त्यस क्षेत्रको विस्तृत जानकारी उपलब्ध हुन सकेको छैन , तर पनि नक्साङन गर्ने कार्य भैरहेको छ । वेनचुन चीनको भूकम्प ले के देखाउछ भने भूकम्पले गर्दा पहाडी भिरालो भाग कमजोर हुन जान्छ, त्यसकारण भूकम्पको केही दिन वा महिना दिन सम्म पनि पहिरोको घटनाहरु घटन सक्ने सम्भावना हुन्छ । बिशेषगरी मनसुनमा वा ५ म्याग्निच्यूड भन्दा ठुलो पराकम्पनको बेला पहिलेनै पहिरो गएको स्थानहरुमा बढी मात्रामा पहिरो झर्न सक्ने देखिन्छ । बर्षाले गर्दा भएको पहिरो अत्याधिक तिब्र गतिमा साथै अनिश्चित दिशामा बहने गर्दछ ।
पहिरो बॉध
धेरैजसो पहिरो निर्मित बॉधहरु केही दिनमै भत्किन्छन । अतः यस्ता बॉधहरु कुन–कुन ठॉउमा अवस्थित छन र कुन गतिमा भरिएका छन भनेर सजिलै अनुमान गर्न सकिदैन । यसका लागि पहिरोको बॉध र पानीको सतहको आवधिक रुपमा गरिने मापन सान्दर्भिक हुदैन । उपलब्ध सूचना तथा जानकारीको आधारमा यो परिकल्पना गर्न सकिन्छ कि, पहिरोको बॉधले भूकम्पको केन्द्र र काठमाडौं उपत्यकाको बीच भएर बग्ने नदी तथा सहायक नदीहरुलाई तालको रुपमा परिणत गरिदिएको छ । प्रत्यक्ष अवलोकनको आधारमा यस्ता बॉधहरुले बिशेषगरी ः– पानीको मात्रा र स्वतन्त्र रुपमा बहने पानीको बहावलाई घटाईदिएको हुन्छ अथवा सामान्य रुपमा देखिने पानीको रंगमा समेत परिवर्तन ल्याइदिने गर्दछ । तसर्थ नेपालमा बहने नदीनाला, पानीको मात्रा, यसको गति र हुनसक्ने परिवर्तन नियमित रुपमा अनुगमन गर्नुपर्दछ । -http://hydrology.gov.np_
पहिरोको बॉध भत्किएर हुने असर बॉधको उचाई र यसवाट निर्मित तालमा भर पर्दछ । सामान्य नियम अनुसार जव सम्म बॉधको माथिल्लो भागमा बाढीको सम्भावना देखिदैन तवसम्म बॉधको आधार र नदीको बहावमा परिवर्तन हुदैन । अन्य अस्थायी संरचनाहरु निर्माण गर्दा सके सम्म पानीको सतह देखि माथि र पानीको बहावदेखि टाढा निर्माण गर्नु पर्दछ । अन्य संरचनाहरु निर्माण गर्दा सकेसम्म मुख्य बहावदेखि कम्तीमा १० मि. भन्दा बढीको उचाईमा मात्र निर्माण गर्नुपर्दछ । पहिरोको बॉध निर्माण गरिएको संरचना देखि तल्लो भेगमा अवस्थित जन–समुदायले यादि बॉध फुटेर बाढी आईहालेमा के गर्ने भनेर पहिलेनै स्पष्ट निति नियमहरु बनाई राखेमा जोखिमलाई केही हदसम्म घटाउन सकिन्छ ।
सञ्चालन निर्देशिका
अस्थायी संरचनाहरु जस्तै अस्थायी घरहरु, अस्पताल, यातायात आदि पहिरोले क्षति पु¥याउन नसक्ने क्षेत्र, सम्भावित बाढीबाट क्षति नहुने क्षेत्र साथै मनसुनमा पानीको मात्रामा हुन सक्ने उतारचढाव र पहिरोको कारण नदीको आधारमा थुप्रिन सक्ने भग्नावशेषलाई मध्यनजर गरी निर्माण गर्नुपर्दछ । सामान्य केही निर्देशनहरु यस प्रकार रहेका छन ,
- उपत्यकाको चौडा क्षेत्रमा मात्र भौतिक संरचनाहरु निर्माण गर्नुपर्दछ ।
- ठुला–ठुला ढुंगाहरु वा पहिलेनै पहिरो देखिएको छ भने त्यस क्षेत्रलाई छोडेर संरचना निर्माण गर्नुपर्दछ ।
- कम्तीमा नदीको बहाव भन्दा १० मि. माथि र सकेसम्म अग्लो स्थानमा बस्नुपर्दछ ।
- उच्च भिरालो भाग भन्दा परै बस्नुहोस । स्थानीय क्षितिज र स्थान बिशेष बीचको झुकावलाई सकेसम्म कम गर्नुहोस । यस बीचको झुकाव कम्तीमा पनि २० डिग्री वा त्यो भन्दा कम हुनुपर्दछ । यद्धापि व्यवहारिक रुपमा यो सम्भव देखिदैन ।
- यदि बाटाघाटाहरु निर्माण गर्दैहुनुहुन्छ भने भिरालोपना कम गर्नुहोस, switchback तथा खुकुला जमीनहरुमा traverses को संख्या कम गर्नुपर्दछ । कटान गरिएका भीरहरु सुख्खा याममा स्थिर हुन्छन तर मनसुन याममा अस्थिर हुन्छन ।
जोखिम
यदि थप पहिरोहरु आउने सम्भावना भएमा, त्यस क्षेत्रमा काम गर्ने कामदारहरुलाई के–के गर्ने भनेर स्पष्ट जानकारी हुनुपर्दछ ।
- समष्टिगत रुपमा, भूकम्प गैराखेको बेला अपनाइने निर्देशनहरु पालना गर्नुहोस । यदि तपाईले केही भैराखेको वा केही चीज हल्लिएको महसुस गर्नु भयो भने “घु‘डा टेकी गुडुल्की, ओत लागि समात” को अभ्यास गर्नुहोस, दौडिने , भाग्ने जस्ता क्रियाकलाप कहिल्यै पनि नगर्नुहोस ।
- आफनो वारिपरिको वातावरण स‘ग परिचित रहनुहोस, असामान्य होहल्ला, कोलाहल, चिच्याहट, धुलो धु‘वाले भूकम्प वा पहिरोको संकेत दिन्छ । विशेषगरी पहाडी क्षेत्रमा पहिरोको आवाज ठुलो हुन्छ ।
- जोखिमको मुख्य कारक तत्व सम्भुखता हो । त्यसकारण पहिरो सम्भावित क्षेत्रमा लामो समयसम्म बस्न हुदैन, पहिरो सम्वेदनशील क्षेत्रलाई सकेसम्म छिटो छोडनुपर्छ ।
- उच्च भिरालो भागमा गएको पहिरो नै अन्य थप पहिरोको श्रोत हो । यो मान्यता नराख्नुस कि पहिलेनै पहिरो गैसकेको छ, अब जाने सम्भावना छैन । यसैले गर्दा नै आगामी दिनहरुमा पहिरो जान सक्छ ।
- स्थानीय जनसमुदायलाई भूकम्प आउनु अगावै कुन कुन ठॉउमा पहिरो गएको थियो भन्ने जानकारी हुन्छ । उक्त जानकारीको आधारमा कुन–कुन ठाउमा पहिरो जान सक्छ वा कुन–कुन ठॉउ संवेदनशील छ भनेर छुटयाउन सकिन्छ । यसै सन्दर्भमा भूकम्पले गर्दा कुनै पनि धरातलको स्वरुपमा नाटकीय परिवर्तन आउन सक्छ भनेर सजग हुनुपर्दछ । त्यसकारण अन्य क्षेत्र पनि जोखिममा हुन सक्छन ।
- सामान्य रुपमा, भूकम्प जनित पहिरोहरु किनारको भागमा अवस्थित भएर तल्लो भागमा भग्नावश्ेषहरु झर्ने क्रम बढी देखिन्छ,, धेरैजसो सडक यातायात पहाडी भेग भएर बनेका छन । त्यसकारण सडक यातायात भन्दा माथिको धरातल र त्यसको अवस्था हामीले देख्न नसकेता पनि, जब भूकम्पको हल्लाई अत्याधिक हुन्छ, माथिबाट अत्याधिक मात्रामा ढुगां, माटोे, बोट बिरुवाहरु खस्न सक्ने सम्भावना बढी हुन्छ । जब तपाईलाई भुकम्प वा पहिरो गैरहेको शंका लाग्छ, माथिल्लो भागमा गएर सुरक्षित स्थानमा बस्नुहोस ।
- बिना कुनै कारण पनि पहिरो जान सक्छ । मनसुन याममा परेको पानी र भूकम्पको पराकम्पनले गर्दा भिरालो भागमा अस्थिरता ल्याईदिनसक्छ । सके सम्म भिरालो क्षेत्र भन्दा टाढ्रै रहनुहोस ।
- बिशेषगरी मनसुनको समयमा पहाडी क्षेत्रका खोलानालाहरुमा ढुंगा, माटो थुप्रिन सक्छन । फलस्वरुप पानीको वहाव लाई अनुमान गर्न सकिदैन, र बाढीको सम्भावना हुन सक्छ । माध्यम खालको मनसुनले गर्दा पनि पानीको मुहानमा परिवर्तन ल्याउन सक्छ । नदीको आधार भन्दा परै सुरक्षित स्थानमा बस्नुहोस ।
आगामी कदमहरु
हामी अहिले भूकम्प प्रभावित क्षेत्रमा हुन सक्ने पहिरो र सम्भावित पहिरोको बॉधहरुको बारेमा नक्सांकन गर्न इउतष्अब िर च्बमबच भू–उपग्रह नक्साको संकलन गर्ने कार्य गरिरहेका छौं । ती नक्साहरु उपलब्ध हुने बित्तिकै यो निर्देशिका लाई परिमार्जन गरेर प्रस्तुत गरिनेछ ।
Alex Densmore, David Milledge, David Petley, Nick Rosser, and Katie Oven